काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
शनिबार अध्यक्ष नेपालको निवास कोटेश्वरमा उनीहरुबीच झन्डै एक घण्टा कुराकानी भएको हो आजको भेटवार्तामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजि श्रेष्ठ पनि सहभागि थिए ।
पहिलो चरणमा प्रधानमन्त्री बन्न प्रचण्डले भेटवार्ता बढाएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, देउवा भने पहिलो चरणमा आफूनै प्रधानमन्त्री बन्ने दाउमा छन् । हालको गठबन्धन टुटेपनि प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन देउवा राजी छैनन् ।
त्यसकारण नेपाली कांग्रेसको नेतृत्वमा नै सरकार बन्ने देखिएको छ । आज नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक बस्नुअघि प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । प्रचण्ड पनि पहिलो चरणमा प्रधानमन्त्री बन्ने रणनीतिमा लागेका छन् ।




प्रतिक्रिया