प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगे

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहीबार बिहान बालुवाटार पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले जानकारी दिए ।

स्रोतका अनसार तीन शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अध्यादेश जारी गरेपछि नेपालले बुधबार नयाँ पार्टी दर्ता गराएका छन् ।