टीओआरलाई अन्तिम रुप दिन आइतवार शीर्ष तीन नेताबीच छलफल हुने

टीओआरलाई अन्तिम रुप दिन आइतवार शीर्ष तीन नेताबीच छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सहकारी ठगीबारे कार्यादेश (टीओआर) टुंगो लगाउन आज बस्ने भनिएको शीर्ष नेताहरु बैठक स्थगित भएको छ ।

आज साँझ बस्ने भनिएको शीर्ष नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएकाले स्थगित भएको हो । अब शीर्ष नेताहरुको बैठक आइतवार बिहान ९ बजे बस्ने भएको छ ।

सहकारी ठगी प्रकरणमाथि छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेको छ ।

कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठकले कार्यादेशमा करिब सहमति जुटाएर यसलाई अन्तिम रुप दिने जिम्मा शीर्ष नेतालाई दिएको छ ।

टीओआरलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवा आइतवार छलफलमा जुट्नेछन् । सत्ता पक्ष र प्रतिपक्षबीच व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनिको नाम समेत उल्लेख समेत गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको छ ।