पत्रकार सम्मेलन गर्दै सभापति देउवा

पत्रकार सम्मेलन गर्दै सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए । महतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी अभियानबारे जानकारी दिनेछन् ।

काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घर–घर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ । त्यसका लागि कांग्रेसले सात वटै प्रदेशमा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ ।