प्रधानमन्त्री देउवाद्वारा काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना

प्रधानमन्त्री देउवाद्वारा काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् । साे क्रममा देउवासहित पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा लगायका उपस्थिति थियो ।

साथमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए । नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलगायत उच्च अधिकारीहरू पुगेका थिए ।

विमानस्थलबाट बाहिर निस्किएपछि प्रधानमन्त्री देउवालाई सडकको दायाँ बायाँ रहेका नागरिकहरुले स्वागत गरेका थिए । स्थानीय कला र संस्कृति झल्किने विविध झाँकीहरुबाट पनि उनको सम्मान र स्वागत गरिएको थियो । बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किने कार्यक्रम छ ।