काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
देउवाले पार्टीको जारी संसदीय दलको बैठकबाट नै सापकोटालाई फोन गरेको स्रोतले जनाएको छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने रणनीतिमा देउवा छन् । यता सभामुख सापकोटाले पनि राजनीतिक दलहरु एमसीसी पास गर्न सहमति भए आफूले कुनै पनि बाधा नगर्ने बताएका छन् ।
अमेरिकाले फागुन १६ गतेभित्र एमसीसी सम्झौता पास नभए नेपाल अमेरिकाबीचको लामो कुटनीतिक सम्बन्ध बिग्रीने समेत चेतावनी दिइसकेको छ ।




प्रतिक्रिया