काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र कोइरालाबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच संघ र प्रदेशसभाको चुनावी परिणाम र नयाँ सरकार गठनका विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै देउवाले संसदीय दलको नेतामा आफूलाई सघाउन आग्रह गरेका छन् ।
शशांकले यसबारेमा छलफल गरेर निर्णय लिने बताए । ‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’ भेटमा देउवाले कोइरालालाई भने । यसअघि कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको बताएका थिए । आजको भेटवार्तामा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका छन् ।
यता नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि संसदीय दलको नेतामा लड्ने भएका छन् । थापालाई कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ छ ।




प्रतिक्रिया