काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि साँझ ५ बजे प्रधानमन्त्रीको सपथग्रहण गर्ने भएका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ गराउने तयारी गरेकी हुन् । देउवा निकट स्रोतका अनुसार सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयबाट उनलाई निम्तो आइसकेको छ ।
साथै देउवाले भोलि नै ५ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । जसमा नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जना र माओवादी केन्द्रबाट २ जना गरि पाँच सदस्यीय मन्त्रिमण्डल हुनेछ ।




प्रतिक्रिया