काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरेका छन् । अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर लोसपाका नेताहरु देउवा भेट्न धुम्बाराही पुगेका थिए ।
उनीहरुले ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन देउवासँग आग्रह गरेका छन् । बुधबार धुम्बाराही भएको छलफलमा देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी थिए ।
महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसले सकारात्मक प्रतिक्रिया दिएको लोसपाका एक नेताले बताए । उनले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौँ । कांग्रेसले आधिकारिक रूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुरमा सहमति भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार भएको देउवाले बताए ।
त्यस्तै लोसपाका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि मंगलबार भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया