काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरले आफूहरु हिडेको बाटो गलत थियो भन्ने प्रमाणित गरेको बताएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर ठाकुर पक्षले आफुहरु हिडेको बाटो लगत थियो भन्ने प्रमाणित गरेको बताएका हुन् । उनले ठाकुर पक्ष पार्टीमा फर्कने–नफर्किने उनीहरुकै विषय भएको बताए ।
जसपा भित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले आइतबारदेखि निरुपणको प्रक्रियाको थालनी गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । सो इजलासले आइतबारबाट जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।
यसअघि आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई बोलाएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (४) को व्यवस्थाअनुसार सहमतिको प्रयास गरेको थियो । सो छलफलमा जसपाका दुवै पक्ष सहमत नभएपछि आयोगले कानुनी प्रक्रियामार्फत विवाद निरुपणका लागि इजलास गठन गरेको हो ।
आयोगले जसपा विवादबारे टुंगो लगाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाअनुसार प्रमुख आयुक्तको संयोजकत्वमा इजलास गठन गरेको थियो । यसैबीच, पार्टीभित्र विवाद रहेकै अवस्थामा जसपाका दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।




प्रतिक्रिया