काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको मिति टुंगो लागेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा देउवा अमेरिका भ्रमणमा जान लागेका हुन् । उनले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्कनसंग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
देउवाको औपचारिक भ्रमण जेठ २८ बाट सुरु हुने स्रोतको दावी छ । तर, भ्रमणबारे अमेरिका र नेपालको परराष्ट्रमन्त्रालयले भने अहिलेसम्म आधिकारीक जानकारी भने दिएको छैन ।
अमेरिकाले यसपटक देउवालाई विशेष सम्मान गर्ने कार्यक्रम समेत रहेको स्रोतको दावी छ । देउवा सम्मिट फर डेमोक्रेसी र त्यहीबाटै संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी हुने कार्यक्रम रहेको स्रोतको दावी छ ।
प्रधानमन्त्री देउवाको भ्रमणका एजेण्डाहरुको बारेमा दुवै देशले अधिकारीहरुले छलफल गरिरहेका छन् । देउवाको भ्रमणलगत्तै प्रधानसेनापति प्रभुराम शर्मा समेत अमेरिका भ्रमणमा जांदैछन् ।
नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५ औँ वर्षगाँठका अवसरमा दुवै देशबाट उच्चस्तरिय भ्रमणहरु भइरहेका छन् । अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डका तिर तारे जर्नेल समेत काठमाडौं भ्रमणमा आउने तयारीमा छन् ।
यसअघि अमेरिकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया र अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क)को नेतृत्वमा सिनेटर सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कांग्रेसनल डिस्ट्रिक्ट, न्युयोर्क) काठमाण्डु भ्रमणमा आएका थिए ।
प्रधानमन्त्री देउवा ०५९ वैशाख (२३–२८) मा अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए । त्यसयता नेपालबाट उच्चस्तरको भ्रमण हुन् सकेको छैन । एमसीसी संसदबाट अनुमोदन भएसंगै अमेरिकाबाट एकपछी अर्को उच्चस्तरिय भ्रमण भइरहेका छन् ।




प्रतिक्रिया