आज स्रष्टा अभिनन्दन तथा देउडा उत्सव

आज स्रष्टा अभिनन्दन तथा देउडा उत्सव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-दोस्रो संस्करणको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको आज हुँदैछ । आयोजक सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गर्ने बताए ।

विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका स्रष्टाहरूलाई राष्ट्रपतिले अभिनन्दन गर्नेछन् । साहित्यबाट सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल सम्मानित हुँदै छन् । उनका थुप्रै पुस्तक प्रकाशित भइसकेका छन् ।

चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रूपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी कर्णालीका टीका पुन र सुरेश शाही सम्मानित हुँदै छन् ।

पत्रकार भानुभक्त आचार्य र कमल सरगम चौलागाईँलाई पनि सम्मान गर्न लागिएको छ । कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको अध्यक्ष अवस्थीले जानकारी दिए ।

उनले सुदूरपश्चिम र कर्णालीको भाषा साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । राजधानीबाट सुदूर–कर्णालीको संस्कृति विश्वव्यापीकरण गर्ने र मौलिक संस्कृति जगेर्नाका लागि संस्था स्थापना गरिएको हो । संस्था स्थापनादेखि नै विभिन्न सिजनशील कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।