देउवा नेतृत्वको सरकारमा एआईजी भएका सशस्त्रका पाँच जनाको राजीनामा

देउवा नेतृत्वको सरकारमा एआईजी भएका सशस्त्रका पाँच जनाको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुले राजीनामा दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो।

बुधबारको मन्त्रिपरिषद् निर्णय लगत्तै पाँच एआईजीले बिहीबार राजीनामा दिएका हुन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार देउवा सरकारले ०७४ भदौ १४ पछि गरेका राजनीतिक नियुक्ति सबै बदर भएका छन्।