माओवादीलाई समाप्त गर्न एमालेलाई ठूलो पार्टी बनाउन खोजियो : महासचिव गुरुङ

माओवादीलाई समाप्त गर्न एमालेलाई ठूलो पार्टी बनाउन खोजियो : महासचिव गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकार कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सञ्चालन भएको आरोप लगाएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित पार्टीको लमजुङ काठमाण्डु सम्पर्क समन्वय समितिको छैटौं भेलामा उनले निवर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियान सुरु गरेपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुगेका कारण सत्ता परिवर्तन भएको बताए ।

‘अहिले कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सरकार सञ्चालन गर्न लागेका छन् । अहिले विदेशी अनुहारका मान्छेहरू आएर शासन गर्ने त होइनन् भन्ने चिन्ता छ । अहिले गर्ने भनेको त कमिसन छुट्याउने मात्र हो,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकारले भष्टाचारी र कमिसनतन्त्रको विरुद्धमा काम थाल्यो । सुशासन कायम राख्न र भ्रष्टाचारलाई नियन्त्रण अभियान सुरु गर्न थाल्यो त्यसपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुग्ने भएपछि कांग्रेस–एमालेका नेताहरू अत्तालिन थालेका हुन् अनि सरकार परिवर्तन नगरिकन हुँदैन भन्ने निष्कर्षमा पुगें ।’

महासचिव गुरुङले माओवादीलाई समाप्त पार्न ओलीलाई अगाडि सारिएको आरोप लगाए । पहिले पनि माओवादीलाई समाप्त गर्न देउवालाई उभ्याएर सकिँदैन भनेर उपेन्द्र यादव, माधव नेपालको पार्टी तोडफोड गरेर एमालेलाई ठूलो पार्टी बनाउन खोजिएको बताए ।