देव विकास बैंकको १८ करोड घोटाला प्रकरणः सञ्चालकसहित ५६ जना विरूद्ध मुद्दा दर्ता

देव विकास बैंकको १८ करोड घोटाला प्रकरणः सञ्चालकसहित ५६ जना विरूद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा तत्कालीन सञ्चालकसहित ५६ जना विरूद्ध मुद्दादर्ता भएको छ ।

आइतबार दाङस्थित उच्च अदालतको वाणिज्य इजलासमा देव विकास बैंकको १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैयाँ रकम हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाविरूद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता भएको हो ।

आइतबार सरकारी वकिल कार्यालयले सञ्चालक बुढाथोकीसहित ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरी ५६ जनाविरूद्ध मुद्दा दर्ता गरेको अदालतका रजिष्ट्रार तथा सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए ।

त्यसमध्ये पक्राउ परेका १३ जना प्रतिवादी बैंकका शाखा प्रबन्धक समिर बुढाथोकी, बरिष्ठ प्रबन्धक अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी, बन्दना गुप्ता, वीरेन्द्रकुमार गुप्ता, विजयकुमार गुप्ता, अर्जुन बस्नेत, मतकुमार पौडेल, सक्टुराम गुप्ता, वसन्त बुढाथोकी, कर्मचारीतर्फ पोषणप्रसाद जैसी र अर्चना थापा खत्रीलाई आइतबार अभियोगपत्रसहित अदालतमा पेश गरिएको छ ।
प्रतिवादीहरूको बयान आइतबारदेखि नै सुरू भएको छ ।