पोखरा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङले नेपाललाई अन्र्तराष्ट्रिय क्रीडास्थल बनाउन साम्राज्यवादी शक्तिले विपक्षीहरुलाई प्रयोग गरिरहेको बताएका छन् । यस्तो बताएका हुन् ।
‘नेपाललाई अन्र्तराष्ट्रिय क्रीडास्थल बनाउन साम्राज्यवादीहरुले अहिलेका विपक्षीलाई प्रयोग गरिरहेको तथ्य पनि सार्वजनिक भएको छ,’ मंगलबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले भने, ‘नेपाली भूमिमाथि ठाडो हस्तक्षेप गरेर नयाँ नक्सा निकाल्ने तथा नेपाली भूमिमा भारतीय सेना प्रवेश केवल दुई देशको मात्रै विषय होइन । यो अन्तराष्ट्रिय विषय हो ।’
अन्तराष्ट्रिय विषय भएकोले यसलाई कूटनीतिक तवरबाट हल गर्नुपर्ने जोड दिँदै उनले नेकपा त्यसको कसरतमा लागेको पनि दाबी गरे । नेपालको सीमासम्बन्धी समस्या हल गर्न कम्युनिष्टहरुले मात्र सक्ने उनको दाबी थियो ।
‘यो केवल कम्युनिष्टहरुले मात्रै सक्ने कुरा हो, अरुको आशा गर्नु बेकार हो,’ उनले भने । त्यस्तै उनले कम्युनिष्ट सरकारको स्थापनायता आर्थिक वृद्धिदर इतिहासकै उच्च विन्दुमा रहेको बताएका छन् । उनले सरकार गठन भएको दुई वर्षमै आयात कम र निर्यातमा वृद्धि भएको बताए ।




प्रतिक्रिया