संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छः शिक्षामन्त्री पौडेल


बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग वाचा गरेका काम ५ वर्षभित्र सम्पन्न गर्ने बताएका छन्। ढोरपाटन नगरपालिकाका मतदातालाई बिहीबार धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग वाचा गरेका काम सम्पन्न गर्ने बताए।

‘यसअघि गर्न नसकेका काम पनि छन्, उनले भने, पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता ५ वर्षमा क्रमशः पूरा गर्छौं।’ संघ र प्रदेशको सरकार गठबन्धनको बन्ने भन्दै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए। ‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,’ उनले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ।’

चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकासमा समान वितरण हुने आश्वासन दिए। ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रसारण लाइन, पक्की पुल, ढोरपाटनको आलुलाई प्रवद्र्धनलगायत काम जनताको चाहनाअनुसार हुने बताए। ‘जनताका आवश्यकता धैरै छन्,’ उनले भने, जनताको चाहनाअनुसार विकास गर्छाैं।’

प्रतिक्रिया दिनुहोस
Advertisement