काठमाडौं – सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रीय सदस्य देवी ज्ञवालीलाई नियुक्त गरेको हो ।
ज्ञवाली नेतृत्वको समितिलाई भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने अधिकार पनि दिइएको छ । २०४६ सालयता १ दर्जन भन्दा बढि आयोग गठन भइसकेका छन् ।
गत स्थानीय निर्वाचन उनी भरतपुर महानगरपालिकाको मेयरमा उठेका थिए । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु की छोरी रेणु दाहालसँग पराजित भएका थिए ।




प्रतिक्रिया