पोखरा – माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका छन् ।
देवकोटा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरेका छन् । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् । अहिले मतदान चलिरहेको छ ।
देवकोटाले फ्लोर क्रस गरिसकेपछि पाण्डेको पक्षमा बहुमत पुग्ने सम्भावना देखिएको छ । दुई सिट भएको राप्रपाले कांग्रेसलाई मत दिने निर्णय गरेको छ । स्वतन्त्र सांसद दिपक मनांगेले आफ्नो मतले बहुमत पुग्ने भएमा मत दिने बताइसकेका छन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, राप्रपाका दुई देवकोटा र मनांगे गर्दा ३१ सिटसहित बहुमत पुग्छ ।




प्रतिक्रिया