माओवादीको कारवाहीले पदमुक्त भएका सांसद देवकोटा अदालत जाने

माओवादीको कारवाहीले पदमुक्त भएका सांसद देवकोटा अदालत जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका गण्डकी प्रदेशका ऊर्जामन्त्री फणीन्द्र देवकोटा सर्वोच्च अदालत जाने भएका छन् ।

गण्डकी प्रदेश सभाबाट पदमुक्त भएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरिरहेको जानकारी दिए । देवकोटाले माओवादीको कारबाहीले आफू आश्चर्यमा परेको बताए ।

जेठ २८ गते देवकोटाले माओवादी संसदीय दलको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्वीप उल्लंघनको आरोपमा माओवादीले देवकोटालाई बिहीबार स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शुक्रबार बिहान देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएपछि सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए ।