सभामुखको अधिकार कटौती गर्ने बहस गलत : देवकोटा

सभामुखको अधिकार कटौती गर्ने बहस गलत : देवकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन् । ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अधिकार कटौती गर्ने बहस गलत हो,’ उनले भने, ‘यहाँ पनि यो विषय प्रवेश नहोला भन्न सकिँदैन ।’

राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवकोटाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुख बीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्नेमा जोड दिए । अनावश्यकरुपमा कार्यपालिकालाई व्यवस्थापिकाले अनावश्यक हस्तक्षेप गर्न खोज्दा पटक–पटक संसद् विघटन हुने दृष्टान्त रहेको पनि उनले सुनाए ।