काठमाण्डु – सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसूस गर्ने गरी काम गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् ।
प्रमुख सचेतकहरूसँग बुधबार भएको छलफलमा उनले संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पुर्याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताए ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बिहीबार बिहान ११ः३० बजे कार्यव्यस्था परामर्श समितिको बैठक बोलाइएको बताए ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची रहेको बताउँदै उनले कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गरेको बताए ।
बैठकमा प्रतिनिधि सभाको आगामी बैठक भदौ ११, १२, १३ गते गर्ने गरी प्रस्ताव गरिएको छ । प्रत्येक १५ दिनमा संसद् बैठकको कार्यतालिका बनाएर प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी छलफल भएको मुख्य सचेतक बर्तौलाले बताए ।
संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमिरेले समितिले निर्णयार्थ काम गर्नेगरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गरेका थिए ।




प्रतिक्रिया