काठमाण्डु – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।
शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेश गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अब नरहने बताए । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए ।
प्रतिनिधिसभा बैठक आईतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । आईतबार बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक २०८२ लाई पारित गर्ने कार्यसूची छ ।




प्रतिक्रिया