काठमाण्डु- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् भवनको अवलोकन गरेका छन् ।
उनले बिहीबार जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको संसद् भवनको अवलोकन गरेका हुन् ।
अवलोकनको क्रममा सार्वजनिक तोडफोड र आगजनी भएकोप्रति दु:ख व्यक्त गरे ।
‘जेनजी आन्दोलनका क्रममा दु:खद् घटना भयो। संसद्सहित संरचना ध्वस्त भए,’ उनले भने, ‘अब क्षति र हानीबाट उठेर अघि बढ्नुपर्नेछ।’
त्यस्तै उनले संसद् विघटनका विषयमा विकल्प खोजेको भए हुने बताए। ‘राजनीतिक निकासका लागि सबै तयार हुनपर्छ’उनले थपे, ‘संसद् विघटन नगरी विकल्पहरूबारे खोजेको भए राम्रो हुन्थ्यो।’
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा अहिलेसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन्।




प्रतिक्रिया