सभामुख घिमिरेले बहराइन जाँदै

सभामुख घिमिरेले बहराइन जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेले बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिने भएका छन् ।

उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्। नेपाल उक्त सङ्घको सदस्य छ ।