सभामुख घिमिरेसँग मानव अधिकार आयोगका पदाधिकारीको भेट

सभामुख घिमिरेसँग मानव अधिकार आयोगका पदाधिकारीको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर सहितको टोलीले भेट गरेको छ ।

भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज सोमबार आयोगका अध्यक्ष मगर सहितको टोलीसँगको भेटमा सभामुख घिमिरेले सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारसँग समन्वय गरी संक्रमणकालीन न्याय एवं आयोगको ऐन सम्बन्धी संशोधन विधेयकमा आयोगका सुझावलाई समावेश गरेर अगाडि बढ्ने बताए ।

आयोगका अध्यक्ष मगरले नेपालको स्तर ‘ए’ श्रेणी कायम गर्ने र मानव अधिकार आयोग ऐन तथा संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक हाल संसद्को मानवअधिकार समितिमा विचाराधीन रहेको अवस्थामा आयोगले दिएका सुझावका सम्बन्धमा उनले अवगत गराएका थिए ।

आयोगका सदस्य डा. सूर्य ढुंगेलले एशिया प्रशान्त मञ्च र राष्ट्रिय मानव अधिकार संंस्थाहरूको विश्वव्यापी सञ्जालसँग आयोगले गरेका छलफल तथा पहलबारे जानकारी गराए । भेटमा आयोगका सदस्य मनोज दुवाडी, कायममुकायम सचिव मुरारीप्रसाद खरेल र मानव अधिकार अधिकृत खिमानन्द बस्याल समेत सहभागी थिए ।