सभापति देउवा र पौडेलद्वारा तातोपानी कुण्डमा स्नान

सभापति देउवा र पौडेलद्वारा तातोपानी कुण्डमा स्नान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी पुगेका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी पुगेका हुन् ।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेका छन् । नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गरेका छन् । उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए ।उनीहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । उद्घाटन गरिने भवन सङ्गम चोकमा ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो ।