ओलीलाई १० पटक फोन गरे पनि महाधिवेशनमा आउनु भएन : अध्यक्ष नेपाल

ओलीलाई १० पटक फोन गरे पनि महाधिवेशनमा आउनु भएन : अध्यक्ष नेपाल

एमालेबाट विद्रोह नगरेको भए पहिले नै समाप्त हुने थियौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको बताएका छन् ।

आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशनमा एमालेका नेताहरु अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरे पनि नआएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले बताए । उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’

त्यस्तै उनले एमालेबाट त्यसबेला विद्रोह नगरेको भए आफूहरु पहिले नै समाप्त हुने अवस्था रहेको बताए । ‘एमालेबाट हामीले गरेको विद्रोह संसद पुनर्स्थापना र त्यसपछि पटक(पटक प्रमाणित भएको छ ।’ उनले भने, ‘त्यसबेला विद्रोह नगरेको भए हामी सबै समाप्त हुने थियौँ । या त राजनीतिबाट पलायन हुनु पर्ने थियो या त आत्मसमर्पण गर्नु पर्ने थियो ।’