धादिङ–पृथ्वीराजमार्ग अन्तर्गत पर्ने धादिङका दुई स्थानमा शुक्रबार बिहान सकेट बम फेला परेको छ।
गजुरी गाउँपालिका वडा नं. ५ घाटबेसीस्थित पृथ्वीराजमार्ग छेउमा र गल्छी गाउँपालिका–६ मा बम फेला परेको हो।
सकेट बम गजुरीस्थित नेपाली सेनाले डिस्पोज गरेको छ।
गल्छीमा नमस्ते ग्यास उद्योगलाई लक्षित गरेर राखिएको सकेट बम बैरेनी स्थित सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
राजमार्ग क्षेत्रमा केही दिनदेखि बम राखिएका कारण सुरक्षा चुनौती थपिएको छ । चुनावको मिति नजिकिएसँगै जिल्लाको विभिन्न स्थानमा सकेट बम राखेर जनजीवन त्रसित पारेको छ।




प्रतिक्रिया