पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटी बुझएर रिहा भएका छन् ।
लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
धरौटी रकम बुझाएर उनी रिहा भइसकेका छन् ।




प्रतिक्रिया