काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले पार्टीबाट निष्काशन गरिएको सूचना संसद्मा जानकारी गराएका हुन् ।
मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो । पार्टीको साधारण सदस्यसमेत नरहनेगरी उनलाई कारबाही गरिएको थियो ।
सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछाने निकटस्थहरुलाई दुई करोड बुझाउनुपर्ने बताएका थिए।




प्रतिक्रिया