ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुख घिमिरेले संसदलाई जानकारी गराउदैँ

ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुख घिमिरेले संसदलाई जानकारी गराउदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद श्रेष्ठ पदमुक्त भएको सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराउने भएका हुन् । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र सभामुख घिमिरेलाई दिएको थियो । रास्वपाले कारबाही गरेको पत्रअनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् । श्रेष्ठको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।