सर्वसम्मत नेतृत्वले महत्त्वपूर्ण एजेन्डा कार्यान्वयन सहज हुन्छ : अध्यक्ष ढकाल

सर्वसम्मत नेतृत्वले महत्त्वपूर्ण एजेन्डा कार्यान्वयन सहज हुन्छ : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्त्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन् ।

महासंघको आसन्न निर्वाचनअन्तर्गत वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले आफ्नो कार्यकालको सुरुवातमा लिएका ५ वटा प्रमुख एजेन्डा अधिकांश पूरा भइसकेको दाबी गरे ।

उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सक्यो भने राम्रो हो । ३ वर्ष पहिलो शपथ लिने बेला मैले लिएको ५ वटा कुरा नै पूरा भएको छ । निजी संस्थालाई यही हामीले शिक्षण संस्थानहरुमा आक्रमण गर्नु हुँदैन । शान्ति क्षेत्र हो भनेको जस्तै व्यावसायिक प्रतिष्ठानहरूमा पनि ४६ सालपछिको हेर्ने दृष्टिकोण परिवर्तन गर्न महासंघले निजी क्षेत्र संरक्षण र योजना रणनीति भनेर बुझाएको थियौं । अहिलेको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकको निर्णय नै त्यहीँ भएको छ ।’

निजी क्षेत्रमाथि हुने अनावश्यक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षण संस्थानजस्तै व्यावसायिक प्रतिष्ठानहरूलाई पनि शान्ति क्षेत्रका रूपमा हेरिनुपर्ने बताए ।

२०४६ सालपछिको निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्न महासंघले ‘निजी क्षेत्र संरक्षण र योजना रणनीति’ अघि सारेको उल्लेख गर्दै उनले अहिलेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले समेत सोही दिशामा निर्णय गरेको बताए ।

ढकालले महासंघभित्र सहमतिको संस्कार विकास हुनुपर्ने उल्लेख गर्दै आफू र वरिष्ठ उपाध्यक्षबिच समन्वय भएमा उक्त समूहलाई खुला रूपमा समर्थन गर्ने संकेत पनि दिए ।