नेपालमा लगानी भित्र्याउन राजदूत ढकालको सक्रियता


काठमाडौं– ओमनका लागी नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमनको तेल तथा ग्यास मन्त्रालयका सचिव सलिम नासेर अल् औफीबीच भेटवार्ता भएको छ ।

नेपाली राजदूतावास ओमनकाअनुसार भेटमा राजदूत ढकाल र सचिव औफीबीच द्धिपक्षिय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो । राजदुत ढकालले आपसी व्यापार तथा लगानीको विषयमा छलफल गर्नुको साथै उनले नेपालको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएकी थिईन ।

ढकालले नेपालमा लगानीको लागी उपयुक्त वातावरण बनेकी भन्दै भेटमा यो सन्देश ओमनी लगानीकर्तासमक्ष पुर्र्यादिन समेत आग्रह गरिन् ।

ओमनका सचिव औफीले लगानीको क्षेत्रमा सहकार्य गर्न ओमन इच्छुक रहेको भन्दै नेपाल र ओमनबीचको सहकार्य आगामी दिनमा अझै मजबुत बनाउनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement