धानको समर्थन मूल्य लागू नगरे कारबाही गर्ने चेतावनी

धानको समर्थन मूल्य लागू नगरे कारबाही गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य कार्यान्वयन नगर्ने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

धानको मूल्य नपाएको किसानको गुनासो बढेपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्साललाई टेलिफोन गरेर तत्काल अनुगमन गर्न निर्देशन दिए ।

सरकारले तोकेको मूल्य किसानले पाउनैपर्ने भन्दै उनले व्यापारीहरूले तोकिएको मूल्य नदिए कारबाहीको दायरामा ल्याउन आदेश दिए ।

मुख्यमन्त्री शाहले भने, ‘किसानले सरकारले निर्धारण गरेको मूल्य नै पाउनुपर्छ । व्यापारीहरूले तोकिएको मूल्य नदिए कानूनी कारबाही हुन्छ ।’

यसअघि सीडीओ लम्सालले असोज ३१ गते सार्वजनिक सूचना जारी गरी मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य ३ हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण भएको जानकारी गराएका थिए ।

उनले सबै स्थानीय तहलाई सरकारले तोकेको मूल्यमा धान खरिद–बिक्री गराउन आग्रह गरेका थिए । सीडीओ लम्सालले छठ पर्व सकिएलगत्तै जिल्लाका सबै पालिकामा बजार अनुगमन सुरु गर्ने तयारी भइरहेको बताए ।