तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताएका छन्। तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिए।

लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उनले बताए। “तनहुँवासी अहिले भ्रममा परेर अल्मलिने समय होइन, एक पटकको गल्तीले वर्षौँको विकास निर्माणलाई प्रभावित बनाउँछ”, उपसभापति गुरुङले भने, “दोधार नभएर सुन र पित्तल चिन्नुपर्छ।”

उनले दोधार नभइ लोकतन्त्रको संरक्षण गर्ने व्यक्तिको छनोट गर्नुपर्ने अवस्था रहेको बताए।