धनराज गुरुङलाई देउवाको जवाफः ‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो आउँदैन

धनराज गुरुङलाई देउवाको जवाफः ‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो आउँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले ’मलाई शेरबहादुर देउवा मनपर्छ’ भन्ने भिडियो नबनाउन निर्देशन दिएका छन् ।

देउवा सचिवालयबाट उक्त भिडियो सार्वजनिक भएपछि देउवाको आलोचना भएको थियो। पार्टी भित्रैबाट भिडियोको विरोध भएको थियो । आज बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि भिडियोबारे प्रश्न उठेको थियो ।

केन्द्रीय सदस्य धनराज गुरुङले भिडियोबारे प्रश्न गरेका थिए । ‘आइ लभ यू बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पु¥याए, सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरू भएछ,’ गुरूङले भने ।

धनराजले प्रश्न राखेपछि जवाफ दिएका प्रधानमन्त्री देउवाले अब त्यस्तो भिडियो नआउने बताए । उनले भिडियो नबनाउन सचिवालयलाई निर्देशन दिइसकेको केन्द्रिय समितिलाई जानकारी गराएका छन् ।