काठमाण्डु – नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट अदालत विचलित हुन नहुने बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेता गुरुङले प्रधानमन्त्रीको धम्कीबाट अदालत विचलित हुन नहुने बताएका हुन् । उनले प्रधानमन्त्री अोलीको कुराप्रति अदालतले चासो राख्न नहुने बताउँदै संविधानको धारामा टेकेर फैसला गर्न अदालतलाई आग्रह गरेका छन् ।
‘संसद विघटनको पक्षमा अदालतको फैसला नआए आन्दोलन गर्ने प्र.म.ओलीको धम्कीबाट अदालत रत्तिभर बिचलित हुनुहुँदैन । सत्ताको मातले बर्बराइरहने प्र.म.को कुरा प्रति अदालतले चासो राख्नु पर्दैन । जे छ संविधानमा छ र संबिधानको धारामा टेकेर फैसला आओस्’, उनले भनेका छन् ।
प्रधानमन्त्री अोलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनको पक्षमा अदालतको फैसला नआए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।




प्रतिक्रिया