काठमाण्डु– आइतबार जेल चलान भएका लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेता धनबहादुर केसी छुटेका छन् ।
आइतबार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका केसी सोमबारनै छुटेका हुन् ।
उनले कानुनअनुसार कैद सट्टामा रकम तिरेर छुटेका हुन् ।
३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।
उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।




प्रतिक्रिया