धनगढीको उपमेयरमा विवेकशीलकी विमला पन्त ओझा सिफारिस

धनगढीको उपमेयरमा विवेकशीलकी विमला पन्त ओझा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ–संस्थाको संस्थापकमा रही काम गरेकाे अनुभव छ ।

उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै विगत २२ वर्ष देखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०+२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएकी छन् ।

त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन् । ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रकी रूपमा संलग्न छिन् ।