काठमाण्डु – प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलन गर्दै आइरहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज कैलालीको धनगढीमा शक्ति प्रर्दशन गर्ने भएको छ ।
दिउँसो १ बजे खुलामञ्चमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, भीम रावलसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले प्रदर्शन गरेको थियो । प्रदर्शनलाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित नेकपाले समानन्तर बैठक तथा शक्ति प्रदर्शन गर्दै आइरहेका छन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत दाहाल–नेपाल समूहले यही माघ १२ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । सो समूहले तेस्रो चरणको आन्दोलनअनुसार यही माघ २८ गते काठमाण्डुमा वृहत प्रदर्शन गर्ने घोषणा समेत गरेको छ ।




प्रतिक्रिया