धनकुटा नगरपालिकाको मेयरमा एमालेका तामाङ दोहोरिए

धनकुटा नगरपालिकाको मेयरमा एमालेका तामाङ दोहोरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनकुटा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका हुन् ।

तामाङले १४ मतको झिनो अन्तरले गठबन्धनलाई पराजित गरेका हुन् । नेकपा एमाले धनकुटाका उपाध्यक्ष पनि रहेका उनले पहिलो कार्यकाल पूरा गरिसकेका थिए।

चिन्तनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईलाई पराजित गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि चिन्तन र दिनेश नै भिडेका थिए। त्यसबेला चिन्तन ११४ मतको अन्तरमा विजयी भएका थिए।