मेयर आचार्य १२ दिनको उपचारपछि पोखरा फिर्ता

मेयर आचार्य १२ दिनको उपचारपछि पोखरा फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखरा महानगरपालिकाका नगर प्रमुख (मेयर) धनराज आचार्य १२ दिनको उपचारपछि पोखरा फिर्ता भएका छन् ।

फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै जलनका कारण घाइते भएका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको हो ।

मन्त्री पौडेल केही दिनअघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य बिहीबार डिस्चार्ज भएर पोखरा फर्किएका छन् ।

उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाण्डु लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारप्रति उनले आभार व्यक्त गरेका छन् ।

आचार्यले जलनका कारण हुनसक्ने जोखिम तथा आवश्यक स्वास्थ्य सावधानी कडाइका साथ पालना गर्नुपर्ने बताउँदै सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।