शिक्षकलाई खुशी पार्न संविधानविपरीत ऐन बनाउन सकिँदैन : कानूनमन्त्री गुरुङ


काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकलाई खुशी बनाउने नाममा संविधानविपरीत ऐन बनाउन नसकिने बताएका छन् ।

कांग्रेस उपसभापति समेत रहेका गुरुङले सोमबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता कार्यान्वयनको समस्या, शिक्षा विधेयकमा देखिएको भन्दै शिक्षकलाई खुशी बनाउने नाममा संविधानविपरीत ऐन बनाउन नसकिने बताए ।

उनले भने, ‘हामी संघीयतामा गयौं तर वास्तवमा अंगीकार गर्न नसकेको कुरा यही शिक्षा विधेयकमा पनि देखियो । शिक्षकहरूलाई सम्बोधन गर्नुपर्छ त्यो हो तर शिक्षकलाई खुशी पार्ने सन्दर्भमा हामीले बनाएको संविधान विपरीत ऐन बनाउन मिल्छ कि मिल्दैन ? हामी त्यस्तो मानिस होइन, जसले संविधानभन्दा माथि कानून बनाउन सक्दैनौं, यो कुरा प्रस्ट हुनुपर्छ । त्यसैले शिक्षकलाई ह्याप्पी बनाउने नाममा संविधानलाई मिचेर संविधानविपरीत ऐन बनाउन सकिँदैन । यो कुरा भन्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement