संसदीय छानबिन समितिले गर्‍यो कांग्रेस उपसभापति गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण

संसदीय छानबिन समितिले गर्‍यो कांग्रेस उपसभापति गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री धनराज गुरुङ मुछिएको ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले स्थलगत अवलोकन गरेको छ ।

मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङले रकम हिनामिना गरेको आरोप लागेको छ । मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङले उपसभापति गुरुङ र उनी पूर्वपत्नी ज्योतिले १४ करोड बढी हिनामिना गरेको उजुरी संसदीय विशेष समिति र सिआईबीमा उजुरी हालेका थिए । अध्यक्ष गुरुङको उजुरी सिआईबी र संसदीय समितिमा परेपछि सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस उपसभापति गुरुङ र उनकी पूर्वपत्नी ज्योतिको संलग्नता रहेको बाहिरिएको हो ।

तर, कांग्रेस उपसभापति गुरुङले आफूविरुद्ध अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित आरोप लगाएको दाबी गदैृ आफूलाई केही थाहा नभएको प्रष्टीकरण दिएका छन् ।

श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको उल्लेख गरेका छन् ।

संसदीय समितिले भने मितेरी सहकारीमा पुगेर स्थलगत निरीक्षण गरी संस्थाका अध्यक्ष कुम्भराज गुरुङसँग बयान लिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए । सहकारीमा भएको ठगीबारे अनुसन्धानका लागि उजुरी परेपछि गुरुङको पनि नाम जोडिएर आएको हो ।

सहकारीमा उपसभापति गुरुङकी पूर्वश्रीमती ज्योति व्यवस्थापक थिइन् । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोप अध्यक्ष कुम्भराजले लगाएका छन् । कुम्भराजले सीआईबीमा आर्थिक ठगी अपराधमा अनुसन्धानको माग गर्दै जाहेरी दिएएका छन् ।

सीआईबी प्रवक्ता होवीन्द्र बोगटीले मितेरी सहकारीबारे परेको उजुरीमा ज्योति गुरुङको नाम रहेको बताए । उपसभापति गुरुङको नाम जाहेरीमा नरहे पनि सहकारीपीडित र विपक्षी दलका नेताहरूले भने सहकारी ठगीमा संलग्न रहेको आरोप लगाइरहेका छन् ।

उपसभापति गुरुङले ज्योतिसँग आफ्नो २०७६ सालमै सम्बन्धविच्छेद भएकोले सहकारी प्रकरणमा कुनै जानकारी नभएको बताउँदै आएका छन् । उपसभापति गुरुङले कुम्भराज सहकारीको अध्यक्ष र ज्योति म्यानेजर भएको बेला गडबडी गरेका हुन सक्ने बताइरहेका छन् ।

ज्योति सहकारी ठगेर अमेरिकामा बसेकी छिन् । मितेरीका अध्यक्ष कुम्भराजले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिँदै धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए ।

कुम्मराजले समितिमा धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी गरेपछि तथ्य बाहिरिएको हो । कुम्मराजले डिभोर्सपछि पनि धनराजले केही रकम तिरिदिएको बताएका छन् ।

संसदीय समितिले मितेरीको स्थलmगत अवलोकनपछि आज अध्यक्ष कुम्भराज गुरुङसँग पुनः छलफल गरेको सभापति थापाले बताए ।