धनराज गुरुङ कास्कीबाट चुनाव नलड्ने !

धनराज गुरुङ कास्कीबाट चुनाव नलड्ने !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाअन्तर्गत कास्की क्षेत्र नम्बर– २ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

तत्कालीन पर्यटन मन्त्री समेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रवीन्द्रपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी एवं अन्य केही साना दलले समेत उम्मेदवार घोषणा गरी चुनावी प्रचार थालिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन ।

कांग्रेसबाट चर्चित युवा नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले धनराज गुरुङ आफैंले स्थानीय नेतालाई उम्मेदवार बनाउन सुझाव दिएको उल्लेख गरेका छन् ।

‘धनराज गुरुङको उम्मेदवारी बारे !’ भन्दै विश्वप्रकाशले लेखेका छन्– ‘उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिकरूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको छ ! जय नेपाल !’