धनराज भन्छन्–नवराज सिलवालले देउवालार्इ अधिनायकबादी देख्नु ठीक हो (भिडियोसहित)

धनराज भन्छन्–नवराज सिलवालले देउवालार्इ अधिनायकबादी देख्नु ठीक हो (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता धनराज गुरुङ्गले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध तिखो प्रहार गरेका छन्।

नेपाल प्रहरीको आइजीपी बढुवा विषयमा नेता गुरुङले तत्कालीन डिआइजी नवराज सिलवालमाथि अन्याय भएको बताए।

माउन्टेन टेलिभिजनमा अन्तर्वार्ता दिँदा गुरुङले सिलवालले देउवालाई अधिनायकबादी देख्नु गलत नरहेको समेत बताए। हाल एमालेबाट सांसद बनेका सिलवाल आफूूविरुद्ध निर्तमान प्रधानमन्त्री देउवाले अन्याय गरेको र अधिनायकवाद रहेको बताउँदै आएका बेला गुरुङले पनि आइजिपि प्रकरणमा सिलवाललाई अन्याए भएको जिकिर गरे।

खरो प्रश्नमा बोल्दै गुरुङले कांग्रेस नेतृत्वप्रति प्रश्न उठाएका छन्। सरकारलाई हनिमुन पिरियड मनाउन दिन्नँ भन्ने देउवाको अभिव्यक्ति मुसाले हात्तीमाथि चढेर हात्तीलाई बसाल्छु भनेर सपना देखे जस्तै भएको गुरुङको भनाई छ।