युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा विवाद भएपछि…

युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा विवाद भएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । बिहीवार धनुषाको औरही गाउँपालिका १ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो ।

युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा विवाद बढेको थियो । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको हो ।