धनुषा- ४ बाट यादवलाई हराउँदै एमालेका महासेठ निर्वाचित


काठमाण्डु- धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनो मतले हराउँदै महासेठ विजयी भएका हुन् ।

मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत पाए । महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement