धनुषा-४ ‘ख’मा एमालेका महतो विजयी


काठमाण्डु- धनुषाको क्षेत्र नम्बर ४ को ‘ख’ बाट मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । महतोले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोलाई हराउँदै जित हात पार्न सफल भएका हुन् ।

एमालेका महतोले १७ हजार ३०२ मत ल्याउँदा पराजित शत्रुधनले १५ हजार ९०६ मत पाएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा अन्तर्गत नेकपा एमालेकै रघुवीर महासेठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement